जनप्रतिनिधिमाथि धम्की सहित राजीनामा माग भएकोप्रति बुद्धभूमि नगरपालिकाको चिन्ता
-
भक्तिराम घिमिरे
कपिलवस्तु | ३० भाद्र २०८२, सोमबार
हालै भाद्र २३ र २४ गते भएको Gen Z आन्दोलन का क्रममा भएको विभिन्न घटनाबारे बुद्धभूमि नगरपालिकाले औपचारिक विज्ञप्ति सार्वजनिक गरेको छ। नगरपालिकाका प्रवक्ता तेज बहादुर बस्नेतले सोमबार जारी गरेको विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनलाई अराजक बनाउन खोज्ने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

विज्ञप्तिमा आन्दोलनमा सहभागी भाइबहिनीहरूको मृत्युमा श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गरिएको छ। तर, आन्दोलनको नाममा केही अराजक समूहले राष्ट्रिय ऐतिहासिक सरकारी भवनमा तोडफोड, निजी सम्पत्तिमा क्षति तथा आगजनी गरेर हानी पुर्याएको भन्दै यसबारे गहिरो छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ।
नगरपालिकाले विज्ञप्तिमा थप स्पष्ट पारेको छ कि हालको परिस्थितिमा निर्वाचित जनप्रतिनिधिहरूलाई राजीनामा दिन धम्की र दबाब दिइएको छ, जसका कारण वडा तथा नगरस्तरबाट प्रदान हुने दैनिक सेवा—जस्तै सिफारिस र प्रमाणित कार्य—अवरुद्ध भएको छ। विज्ञप्तिमा भनिएको छ, “नागरिकले पाउने नियमित सेवा अवरुद्ध हुनु अत्यन्तै दुर्भाग्यपूर्ण छ। यसले सर्वसाधारण नागरिकमा असहजता र गुनासो बढाएको छ।” यस्तै, विज्ञप्तिमा नगरपालिकाले जटिल परिस्थितिलाई सहज बनाउन र निर्वाचित जनप्रतिनिधिहरूलाई निर्विघ्न काम गर्ने वातावरण बनाउन सबै पक्षसँग सहकार्य गर्न अपिल गरेको छ। बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “Gen Z भाइबहिनीहरू, वडा/नगरवासी, आमाबुबा, दाजुभाइ, दिदीबहिनी, राजनीतिक दलका प्रतिनिधि तथा सुरक्षा निकाय सबै मिलेर शान्ति र सहकार्यको वातावरण बनाउन जरुरी छ।” बुद्धभूमि नगरपालिकाले जारी गरेको विज्ञप्तिले एकातिर शान्तिपूर्ण आन्दोलनको अधिकारलाई सम्मान गर्ने प्रतिबद्धता जनाएको छ भने अर्कोतर्फ अराजक गतिविधि नदोहोर्याउनुपर्ने स्पष्ट सन्देश दिएको छ।
थप समाचार
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
१६ भाद्र २०८२, सोमबार
बुद्धभूमिमा हालसम्मकै उच्च पुरस्कार राशीसहित तेस्रो डाबरा कप...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२२ श्रावण २०८२, बुधबार
हेवाखोला माथि बेली पुल स्थापनाको तेस्रो प्रयास सुरु
२४ बैशाख २०८२, बुधबार
विद्यालय समायोजनको नाममा शितगंगामा बालबालिकाको शिक्षा अधिकार...
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
२३ आश्विन २०८२, बिहीबार
इराकका राष्ट्रपतिलाई नेपाली राजदूत लम्सालद्वारा नियुक्तिपत्र...
२० आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको इलाम लगायतका विपद्ग्रस्त क्षेत्रमा दु...
६ आश्विन २०८२, सोमबार
प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् दोस्रो पटक विस्तार
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा सभामुख घिमिरेको भनाइ
३ आश्विन २०८२, शुक्रबार
संविधान दिवसमा प्रधानमन्त्री कार्कीको प्रतिबद्धता
३१ भाद्र २०८२, मंगलवार
सरकारले न्यायिक छानबिन आयोग गठन गर्ने, शहीदहरूको सम्मानमा रा...