logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८२, शुक्रबार

24 Oct 2025, Friday

खेलकुद

बुद्धभूमिमा हालसम्मकै उच्च पुरस्कार राशीसहित तेस्रो डाबरा कप फुटबल भाद्र २१ देखि सुरु हुँदै

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १६ भाद्र २०८२, सोमबार

“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित तेस्रो बुद्धभूमि डाबरा कप फुटबल प्रतियोगिता आगामी भाद्र २१ गतेदेखि ३१ गतेसम्म हुने भएको छ।

 प्रतियोगिता डाबरा युवा क्लबको आयोजनामा र ग्लोबल डेरी प्रा.लि.को मुख्य प्रायोजनमा बुद्धभूमि नगरपालिका–४ डाबरा खेल मैदानमा सञ्चालन हुने छ। आयोजक क्लबका अध्यक्ष कमल काफ्लेका अनुसार यसपटकको प्रतियोगिता बुद्धभूमि क्षेत्रमा हालसम्मकै उच्च पुरस्कार राशीसहित आयोजना गरिएको हो। विजेता टिमले नगद ८१ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउने छन् भने उपविजेता टिमले ५१ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।

प्रतियोगितामा जम्मा १६ टिम सहभागी हुनेछन् र खेल प्रत्येक दिन दिउँसो १ बजेदेखि सुरु हुनेछ। आयोजकले खेललाई अझ प्रतिस्पर्धात्मक र मनोरञ्जनात्मक बनाउनका लागि विभिन्न खेलप्रेमी व्यक्तित्वहरूको सहयोग पनि प्राप्त भएको जनाएको छ। मुख्य प्रायोजक ग्लोबल डेरी प्रा.लि. बुद्धभूमि–९ को साथै बुद्धभूमि नगरपालिका वडा नं. ४ को कार्यालयको संरक्षण र सहयोगमा प्रतियोगिता आयोजना गर्न लागिएको हो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।