logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

विविध

सुरुङभित्रबाट थप एक जनाको जीवितै उद्धारसँगै उद्धार हुनेको संख्या दुई पुग्यो

रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् सुरुङमा फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ। यससँगै जीवित उद्धार हुनेको संख्या दुई पुगेको इन्जिनियर उदयराज न्यौपानेले बताएका छन्।

फाइल तस्बिर

बिनिता परियार

रसुवा | १९ भाद्र २०८३, शुक्रबार

रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकामध्ये थप एक जनाको जीवितै उद्धार गरिएको छ। यससँगै सुरुङबाट जीवित उद्धार हुनेको संख्या दुई पुगेको खोज तथा उद्धारमा खटिएका इन्जिनियर उदयराज न्यौपानेले जानकारी दिएका छन्। नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोली सुरुङभित्र फसेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धारमा निरन्तर खटिरहेको छ। यसअघि खोजीका क्रममा सुरुङभित्रबाट मानिसको आवाज सुनिएको संकेत प्राप्त भएको थियो। नेपाली सेनालाई उद्धृत गर्दै इन्जिनियर श्रीराम न्यौपानेले सुरुङभित्र जीवित मानिस रहेको सम्भावना रहेको बताएका थिए। अहिले उद्धार कार्य तीव्र पारिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।