logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

विविध

चीन–रसुवागढी जोड्ने केरुङ नाका स्थलमार्ग पुनः पूर्ण रूपमा सञ्चालनमा

चीनले रसुवागढीसँग जोड्ने केरुङ नाका जाने स्थलमार्ग पुनः पूर्ण सञ्चालनमा ल्याएको छ। सडक खुलेसँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण र भारी मेसिनरी विपद् प्रभावित क्षेत्रमा पुर्‍याई उद्धार कार्य थप प्रभावकारी बनाइने जनाइएको छ।

फाइल तस्बिर

बिनिता परियार

चीन–रसुवागढी | १७ भाद्र २०८३, बुधबार

चीनले रसुवागढीसँग जोड्ने केरुङ नाका जाने स्थलमार्ग बुधबार बिहान १० बजेदेखि पूर्ण रूपमा पुनः सञ्चालनमा ल्याएको छ। सडक खुलेसँगै उद्धारकर्मी, राहत सामग्री, उपकरण तथा भारी मेसिनरी विपद्को मुख्य प्रभावित क्षेत्रमा पुग्न थालेका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार सडक खुलाउने काम प्रभावित क्षेत्रसम्म पुगेको र विभिन्न निकायबीच समन्वय गरी खोज तथा उद्धार कार्य भइरहेको छ। पानीका कारण अवरुद्ध भएको सडकको अन्तिम खण्डलाई अस्थायी रूपमा सञ्चालनमा ल्याइएपछि भारी मेसिनरीसमेत आवतजावत गर्न सक्ने भएको छ। केरुङ नाकाको मुख्य विपद् प्रभावित क्षेत्रमा राष्ट्रिय राजमार्ग सफा गर्ने काम चिनियाँतर्फको केरुङ नाका भवन नजिकसम्म पुगेको जनाइएको छ। सडक सञ्चालनसँगै उद्धार कार्य थप व्यापक र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।