बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आपूर्तिमा जुट्यो भन्दै
२४ भदौ, काठमाडौं । बाढीका कारण एलपी ग्यास आपूर्ति प्रभावित हुँदा काठमाडौं उपत्यकामा अभाव चुलिएको छ। सरकारले वैकल्पिक व्यवस्था गर्दै आपूर्ति सहज बनाउन सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएको छ।
सपना न्यौपाने
काठमाडौँ | २४ भाद्र २०८३, बुधबार
२४ भदौ, काठमाडौं । हालैको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव चुलिएको छ। सरकारले भने उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन वैकल्पिक व्यवस्था गरेको जनाएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले तत्काल ग्यास उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्। उपभोक्ताले आफूले प्रयोग गर्दै आएको कम्पनीको ग्यास नपाएमा सोही मूल्यमा अर्को कम्पनीको सिलिन्डर साटेर ग्यास लिन सक्ने व्यवस्था गरिएको छ। मन्त्रालयका अनुसार यो व्यवस्था हाल काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ। नेपाल आयल निगम र ग्यास उद्योगलाई व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिइएको छ। कृत्रिम अभाव सिर्जना गर्ने वा सरकारको निर्देशन उल्लंघन गर्ने व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने मन्त्री यादवले चेतावनी दिएकी छन्।
थप समाचार
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१८ भाद्र २०८३, बिहीबार
मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लाग...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसाय...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
१४ भाद्र २०८३, आईतवार
सप्तकोशी नदीमा जलसतह बढ्दो, कोशी ब्यारेजका २२ ढोका खोलिए
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक
२२ भाद्र २०८३, सोमबार
बाढी प्रभावित रसुवामा अधिकांश क्षेत्रमा वर्ल्डलिंकको इन्टरने...