सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा बरामद
सिरहाको सीमा क्षेत्रमा सशस्त्र प्रहरीले भारततर्फ तस्करी हुँदै गरेको अवस्थामा १५७ किलोभन्दा बढी गाँजा बरामद गरेको छ। गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू फरार भएका थिए। प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
बिनिता परियार
सिरहा | २४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका–४, इट्टाटारस्थित सीमा क्षेत्रबाट १५७ किलो २०७ ग्राम गाँजा नियन्त्रणमा लिएको हो। बुधबार बिहान करिब १:३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेका व्यक्तिहरूले गस्ती टोलीलाई देखेपछि गाँजा छाडेर फरार भएका थिए। प्रहरीले बरामद गाँजा आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ। गणपति एसपी सुमनजंग थापाका अनुसार सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न गस्ती र निगरानीलाई थप प्रभावकारी बनाइएको छ। यस घटनाबारे अनुसन्धान भइरहेको र तस्करी नियन्त्रणमा कडाइ गरिने प्रहरीले स्पष्ट पारेको छ।
थप समाचार
२० कार्तिक २०८३, बिहीबार
कर्णाली सरकारद्वारा पर्यटन प्रवर्द्धन र गन्तव्य स्तरोन्नतिका...
२० कार्तिक २०८३, बिहीबार
रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको राहुघाट जलवि...
१४ कार्तिक २०८३, शुक्रबार
श्री देवीस्थान सामुदायिक वनको १५औँ वार्षिक साधारण सभा सम्पन्...
१४ कार्तिक २०८३, शुक्रबार
विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहका सरकारबीच प्रभावकारी स...
१४ कार्तिक २०८३, शुक्रबार
कर्णालीका १९ रुग्ण आयोजनाबारे निर्माण व्यवसायीसहित सरोकारवाल...
२५ भाद्र २०८३, बिहीबार
डोटीमा १५ शय्याको अस्पताल निर्माण चार वर्षदेखि अलपत्र, २६ प्...
२१ कार्तिक २०८३, शुक्रबार
विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर जुटाउन सरका...
२१ कार्तिक २०८३, शुक्रबार
गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबी गर्दै दान...
२१ कार्तिक २०८३, शुक्रबार
हुम्ला केन्द्रबिन्दु भएर आज बिहान ४.२ म्याग्निच्युडको भूकम्प...
२१ कार्तिक २०८३, शुक्रबार
कैलाली: गोदावरीको गेटास्थित होटलबाट जुवातास खेलेको आरोपमा प्...
२१ कार्तिक २०८३, शुक्रबार
धनकुटा: देवनटारबाट जुवातास खेलिरहेको आरोपमा प्रहरीद्वारा नौ...
२१ कार्तिक २०८३, शुक्रबार
जनकपुरधाम: मधेशमा जसपा, एमाले र नेकपाको नयाँ सत्ता समीकरण बन...