logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

खेलकुद

यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले रोमाविरुद्ध रोमाञ्चक जित दर्ता गर्‍यो।

यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले रोमाविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ३–२ को रोमाञ्चक जित निकालेको छ। पहिलो हाफमा रोमाले अग्रता लिए पनि दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट पुनरागमन गर्‍यो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १९ कार्तिक २०८३, बुधबार

यूईएफए च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडले रोमाविरुद्ध दुई गोलले पछि परेको अवस्था उल्टाउँदै ३–२ को रोमाञ्चक जित निकालेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको पहिलो हाफमा माटियास सौले र डोनियल मालेनका गोलमार्फत रोमाले २–० को अग्रता बनाएको थियो।

तर, दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै युनाइटेडका ब्रुनो फर्नान्डेसले ५८औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरे। त्यसपछि माथियस कुन्हाले ८३औं र ८६औं मिनेटमा दुई गोल गर्दै युनाइटेडलाई ३–२ को अग्रता दिलाए। इन्जुरी समयमा कुन्हा रातो कार्ड खाएर बाहिरिए पनि १० खेलाडीमा सीमित युनाइटेडले अग्रता जोगाउँदै लगातार नौ खेलको जितविहीन यात्रा अन्त्य गर्‍यो।v

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।