logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

खेलकुद

दक्षिण अफ्रिकाका ब्याटर डेभिड मिलर कर्णाली याक्सबाट खेल्न नेपाल आइपुगे।

बुधबार बिहान दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। एनपीएल खेल्न काठमाडौं आएका उनलाई कर्णाली याक्सका प्रतिनिधिले स्वागत गरेका थिए।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १९ कार्तिक २०८३, बुधबार

नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्न दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कर्णाली याक्सका प्रतिनिधिहरूले भव्य स्वागत गरे।

विश्वभरका चर्चित लिगहरू आईपीएल, बिग ब्यास र पीएसएल खेलिसकेका ३७ वर्षीय मिलरको आगमनले नेपाली क्रिकेट र पर्यटन प्रवर्द्धनमा ठूलो योग्दान पुग्ने विश्वास लिइएको छ। अन्तर्राष्ट्रिय टी-२० मा २ हजार ८०४ रन र समग्र टी-२० मा १२ हजारभन्दा बढी रन बनाइसकेका विस्फोटक ब्याटर मिलरले ३५ बलमै शतक प्रहार गरेको कीर्तिमानसमेत छ। जारी एनपीएलका ३ मध्ये २ खेल जितिसकेको कर्णाली याक्सले शुक्रबार सुदूरपश्चिम रोयल्स विरुद्ध खेल्नेछ, जसमा मिलरसमेत मैदान उत्रिनेछन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।