logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

खेलकुद

कर्णाली याक्सले तेस्रो एनपीएलका लागि बंगलादेशी ब्याटर जिशन अलामलाई अनुबन्ध गर्‍यो।

कर्णाली याक्सले तेस्रो एनपीएलका बाँकी खेलका लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ। टोलीमा तेस्रो बंगलादेशी खेलाडीका रूपमा काठमाडौं आइपुगेका जिशनको आगमनले शीर्षक्रम बलियो हुने विश्वास गरिएको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १७ कार्तिक २०८३, सोमबार

कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) का बाँकी खेलका लागि बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ। टोलीका अध्यक्ष गृहेन्द्र घिमिरेका अनुसार पछिल्लो समय उत्कृष्ट लयमा रहेका २१ वर्षीय जिशनको आगमनले शीर्षक्रम थप बलियो हुनेछ। उनी कर्णालीमा आबद्ध हुने तेस्रो बंगलादेशी खेलाडी हुन्; यसअघि अरिफुल इस्लाम र अकबर अली अनुबन्ध भइसकेका छन्। बंगलादेशको यू–१९ र ए टोलीबाट खेलिसकेका जिशनको लिष्ट ए मा १ हजार २९५ र टी–२० मा ५७१ रन रहेको छ। पहिलो दुई खेल जितेर उत्कृष्ट सुरुवात गरेको कर्णालीले सोमबार काठमाडौं गोर्खाजसँग खेल्दैछ जसमा जिशन पनि उपलब्ध हुनेछन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।