कातारलाई पाँच रनले हराउँदै नेपालको लगातार दोस्रो जित
ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ।
निशान परियार
नेपाल | २८ आश्विन २०८२, मंगलवार
ओमानमा जारी आईसीसी पुरुष टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्रशान्त छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा नेपालले कतारलाई पाँच रनले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ। अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउने कतार १९.५ ओभरमा १४२ रनमै अलआउट भयो। सन्दीप लामिछानेले पाँच विकेट लिए भने नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले क्रमशः दुई र एक विकेट लिए।
Photo : CAN
थप समाचार
२३ भाद्र २०८२, सोमबार
रोनाल्डोको चमक, पोर्चुगलको धमाकेदार सुरुवात
१७ भाद्र २०८२, मंगलवार
ला लिगा, प्रिमियर लिग र सेरी-आ : बार्सिलोनालाई रोक, लिभरपुल...
१६ भाद्र २०८२, सोमबार
बुद्धभूमिमा हालसम्मकै उच्च पुरस्कार राशीसहित तेस्रो डाबरा कप...
११ भाद्र २०८२, बुधबार
राष्ट्रिय महिला फुटबल कप्तान सबित्रा भण्डारी सम्मानित
९ भाद्र २०८२, सोमबार
युरोपियन फुटबलमा रोमाञ्चक खेलहरू, बार्सिलोना र नापोली विजयी
६ भाद्र २०८२, शुक्रबार
टप एन्ड टी–२० सिरिजमा नेपाल आज पाकिस्तानसँग भिड्दै