logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

मनाेरञ्जन

कपिलवस्तु समाज युएइद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कपिलवस्तु समाज युएईद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम २०८२ सालको वैशाख ६ गते, आइतबारका दिन बर्दुबईस्थित बलिउड रेस्टुरेन्टमा एक विशेष समारोहबीच सम्पन्न भएको छ।

फाइल तस्बिर

भक्तिराम घिमिरे

युएई | २५ चैत्र २०८१, मंगलवार

 कपिलवस्तु समाज युएईद्वारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदान–प्रदान कार्यक्रम २०८२ सालको वैशाख ६ गते, आइतबारका दिन बर्दुबईस्थित बलिउड रेस्टुरेन्टमा एक विशेष समारोहबीच सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्रीकृष्ण अधिकारीले गर्नुभएको थियो भने प्रमुख अतिथिको रूपमा संस्थाका संरक्षक श्री नारायणप्रसाद अधिकारी सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा विशिष्ट अतिथिको रूपमा नेपाली समाज युएईका सचिव श्री अमित पाण्डे लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उपस्थित विशिष्ट अतिथि एवं सल्लाहकारहरू यस प्रकार थिए: • श्री जेपी पोखरेल – अध्यक्ष, अर्घाखाँची सम्पर्क समिति • श्री दुर्गाबहादुर सुनार – सल्लाहकार प्रमुख • श्री भीमकान्त अधिकारी – वरिष्ठ सल्लाहकार • श्री कृष्ण भुसाल – विशेष सल्लाहकार • श्री हेमेन्द्र क्षेत्री – विशेष सल्लाहकार • श्री राजु घिमिरे – विशेष सल्लाहकार • श्री विष्णु राणा मगर – विशेष सल्लाहकार • श्री जानका खनाल – विशेष सल्लाहकार • श्री दुजमान सुनार – विशेष सल्लाहकार • श्रीमती बिमला अधिकारी – विशेष अतिथि • श्री विष्णु पाण्डे – विशेष अतिथि • श्री दीपक परियार – अतिथि कलाकार स्वागत मन्तव्य समाजका उपाध्यक्ष श्री सञ्जीव बेलबासेले दिनुभएको थियो भने स्वागत गीत श्री भगवता ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो।

शुभकामना मन्तव्य श्री जानका खनाल, दुजमान सुनार, राजु घिमिरे, जेपी पोखरेल, अमित पाण्डे लगायत वक्ताहरूले प्रभावशाली रूपमा प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले संस्थाको सामाजिक एकताको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय रूपमा लाग्न प्रेरणा दिनुभयो।

 कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद अधिकारीले संस्थालाई अझै संगठित र क्रियाशील बनाउनेतर्फ जोड दिनुहुँदै महत्वपूर्ण विचारहरू प्रस्तुत गर्नुभयो।

 सांस्कृतिक कार्यक्रमहरूका साथै मनोरञ्जनात्मक प्रस्तुति पनि कार्यक्रमको आकर्षणको केन्द्र बनेको थियो। कार्यक्रम सञ्चालन कपिलवस्तु समाज युएईका महासचिव श्री श्यामराज बेल्बासेले गर्नुभएको थियो।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।