logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

जिवनशैली

उज्यालो, फूल र देउसी-भैलोसँगै नेपालीहरूको दोस्रो ठूलो चाड तिहार भित्रिएको छ।

झिलिमिली बत्ती र देउसी-भैलोको गुञ्जनसँगै तिहार सुरु भएको छ। तिहारमा मिठाईको खपत उच्च हुने भएकाले व्यापारीलाई भ्याइनभ्याइ छ, तर नाफाको चक्करमा उपभोक्ताको स्वास्थ्यमाथि हुने खेलबाडप्रति सचेत हुन आवश्यक छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १९ कार्तिक २०८३, बुधबार

तिहारमा मिठाईको खपत अत्यधिक हुने भएकाले विगतमा अखाद्य वस्तुको मिसावट र स्वास्थ्यमाथि खेलबाड हुने गर्थ्यो। यसलाई रोक्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नयाँ मापदण्ड लागु गरेको छ। नयाँ नियम अनुसार व्यवसायीले मिठाईको नाम, कच्चापदार्थको सूची, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र प्रतिकिलो मूल्य शोकेसमा स्पष्ट खुलाउनुपर्ने अनिवार्य व्यवस्था गरिएको छ। देशभरिका करिब ५ सय पसलमा अनुगमन गरिएको र नियम पालना नगर्नेलाई यसै सातादेखि कानुन बमोजिम मुद्दा दायर तथा जरिबाना गर्ने तयारी गरिएको छ। साथै, ‘पूजा घिउ’ को नाममा बिक्री हुने अखाद्य बोसो जफत गरी नष्ट समेत गरिएको छ। सुरक्षित चाडपर्वका लागि उपभोक्ता स्वयं पनि सचेت हुनुपर्नेमा जोड दिइएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।