logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

स्वास्थ्य

खोटाङमा बिरालोको टोकाइबाट रेबिज संक्रमण भई एक महिलाको मृत्यु

खोटाङको दिप्रुङ चुइचुम्मा–४ मा तीन महिनाअघि बिरालोले टोकेकी ५९ वर्षीया कृष्णमायाँ थापाको रेबिजका कारण मृत्यु भएको छ। स्वास्थ्यचौकीको सिफारिसमा विराटनगरस्थित अस्पताल लगिएकी उनको उपचारका क्रममा कात्तिक १८ गते ज्यान गएको हो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २० कार्तिक २०८३, बिहीबार

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की ५९ वर्षीया कृष्णमायाँ थापाको तीन महिनाअघि बिरालोले टोकेका कारण रेबिज संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्यचौकीको शंकापछि विराटनगरस्थित विराट टिचिङ र नोबेल मेडिकल कलेज लगिए पनि उपचार सम्भव नभएपछि घर फर्काउने क्रममा कात्तिक १८ गते उनको ज्यान गएको हो।

घटनापछि बिरामीको सम्पर्कमा आएका २८ स्थानीय तथा स्वास्थ्यकर्मीलाई रेबिजविरुद्धको पहिलो डोज खोप लगाइएको छ। १० जनालाई खोप दिन बाँकी रहेको र दोस्रो डोजका लागि खोप अभाव भएकाले प्रदेश सरकारसँग समन्वय तथा आवश्यकता परे गाउँपालिकाले आफै खरिद गर्ने अध्यक्ष लोकेन्द्र राईले बताएका छन्। 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।