logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

स्वास्थ्य

सरकारले आज र भोलि ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै।

सरकारले आज र भोलि ५ वर्षमुनिका बालबालिकाका लागि ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दैछ। जसअन्तर्गत २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १८ कार्तिक २०८३, मंगलवार

सरकारले आज र भोलि गरी दुई दिन बालबालिकाका लागि देशव्यापी 'राष्ट्रिय भिटामिन 'ए' कार्यक्रम' सञ्चालन गरिरहेको छ। यस अभियानअन्तर्गत ६ देखि ५९ महिनाका करिब २१ लाख बालबालिकालाई भिटामिन 'ए' र १ देखि ५ वर्षका करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ। पोषण शाखा प्रमुख लीलाविक्रम थापाका अनुसार यसका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिएका छन्। बालबालिकामा कुपोषण र स्वास्थ्य जटिलता न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि भिटामिन 'ए' र २०५६ सालदेखि जुकाको औषधि प्रत्येक वर्ष कात्तिक र वैशाखमा निःशुल्क खुवाउँदै आएको छ। अभिभावकहरूलाई पायक पर्ने स्थानमा लगेर औषधि खुवाउन आग्रह गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।