logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

स्वास्थ्य

बुद्धभूमिमा श्री पुल्चोक कृषि सहकारीद्वारा बृहत् रक्तदान कार्यक्रम आयोजना हुँदै, दुई सयभन्दा बढीले रक्तदान गर्ने अपेक्षा

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | १६ कार्तिक २०८३, आईतवार

श्री पुल्चोक कृषि सहकारी संस्था लिमिटेड, बुद्धभूमि नगरपालिका–९, इमिलियाको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुने भएको छ।

‘रक्तदान जीवनदान’ भन्ने मूल नाराका साथ  कार्तिक १८ गते आफ्नै कार्यालय परिसरमा आयोजना हुन लागेको उक्त कार्यक्रममा करिब दुई सयभन्दा बढी रक्तदाताले रक्तदान गर्ने अपेक्षा गरिएको आयोजक संस्थाका अध्यक्ष कमलप्रसाद अधिकारीले जानकारी दिनुभयो।

रक्तसञ्चार केन्द्र बुटवल, रुपन्देहीको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रमको मुख्य उद्देश्य रगतको अभावमा रहेका बिरामीलाई सहयोग पुर्‍याउनु रहेको अध्यक्ष अधिकारीले बताउनुभयो।

दुर्घटना, शल्यक्रिया, प्रसूति तथा विभिन्न रोगका कारण बिरामीलाई जुनसुकै समयमा रगतको आवश्यकता पर्न सक्ने भएकाले रक्तदानलाई महत्त्वपूर्ण मानवीय सेवाका रूपमा लिइन्छ। यही मानवीय भावनालाई आत्मसात् गर्दै श्री पुल्चोक कृषि सहकारी संस्थाले हरेक वर्षझैँ यस वर्ष पनि रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।

रक्तदानले कसैको जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले कार्यक्रममा उत्साहजनक सहभागिता रहने आयोजकको अपेक्षा छ। साथै, संस्थाले सम्पूर्ण सामाजिक व्यक्तित्व, युवा, बुद्धिजीवी तथा सर्वसाधारणलाई कार्यक्रममा सहभागी भई रक्तदान गर्न आग्रह गरेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।