logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

जिवनशैली

गोरखा: उत्तरी गोरखाको चुमनुब्रीमा ढुवानी खर्चले नुन प्रतिकिलो दुई सय पुग्यो।

गोरखा: गोरखाको उत्तरी भेगस्थित विकट चुमनुब्री गाउँपालिकामा सडक सञ्जालको पहुँच नहुँदा ढुवानी खर्चका कारण दैनिक उपभोग्य वस्तुसँगै नुनको मूल्य अत्यधिक महँगो भएको छ। बजारमा सस्तो पाइने नुन त्यहाँ प्रतिप्याकेट ६० देखि २०० रुपैयाँसम्म तिर्न बाध्य छन्।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ कार्तिक २०८३, शुक्रबार

गोरखा: गोरखाको उत्तरी विकट क्षेत्र चुमनुब्री गाउँपालिकामा सडक पहुँच नहुँदा स्थानीयवासीले प्रतिकिलो ३० रुपैयाँ पर्ने नुन २०० रुपैयाँसम्ममा किन्न बाध्य छन्। साल्ट ट्रेडिङ कर्पोरेसनले तोकेको मूल्यभन्दा कयौँ गुणा बढी मूल्य तिर्नुपर्ने प्रमुख कारण चर्को खच्चड ढुवानी खर्च हो।

सरकारले सिर्दिबाससम्म ढुवानी अनुदानमा नुन पठाए पनि त्यो माथिल्लो भेगका सामागाउँ, साम्दो, छुले र निले जस्ता विकट बस्तीसम्म पुग्न सकेको छैन। सडक सञ्जालको विस्तार ढिलाइ हुनु र खच्चडबाट सामान ओसार्दा प्रतिकिलो १०० रुपैयाँसम्म भाडा लाग्नाले चुमनुब्रीका छ वटा वडाका बासिन्दा महँगीको चर्को मारमा परेका छन्।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।