logo of PMS News Nepal

PMS News Nepal

२५ भाद्र २०८३, बिहीबार

10 Sep 2026, Thursday

विविध

माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा उद्धार प्रयास तीव्र, ब्लास्टिङसम्मको तयारी

सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्वाल विस्तार, उपकरण प्रयोग र आवश्यक स्थानमा ब्लास्टिङसहितका उपाय तीव्र रूपमा अघि बढाइएका छन्।

फाइल तस्बिर

कुमारी तिवारी

नुवाकोट | १४ भाद्र २०८३, आईतवार

नुवाकोट — नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनासहित सुरक्षा निकायको संयुक्त टोलीले उद्धार प्रयासलाई तीव्र बनाएको छ।

उद्धारका क्रममा नेपाली सेनाका इन्जिनियरहरूले सुरुङभित्र पहुँच विस्तार गर्न आवश्यकताअनुसार ब्लास्टिङ गर्ने तथा बनाइएको प्वाललाई थप फराकिलो पार्ने कामसमेत अघि बढाएका छन्। कठिन र जोखिमपूर्ण अवस्थाबीच उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन विभिन्न उपकरणको प्रयोग भइरहेको छ।

प्राप्त पछिल्लो विवरणअनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका सशस्त्र प्रहरी बलका १८ जना तथा नेपाल प्रहरीका ६ जना गरी कुल ९० जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

यसअघि उद्धार टोली दिउँसो करिब २ बजे सुरुङको मुख्य भाग ‘क्राउन हेड’ सम्म पुगेको थियो। टोलीले त्यहाँ करिब २×३ फिटको प्वाल बनाएर डोरीको सहायताले तल झरी सुरुङभित्र रहेका व्यक्तिहरूसँग सम्पर्क गर्ने प्रयास गरेको थियो। तर, टोलीले बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको जनाइएको छ।

उद्धारलाई थप सहज र तीव्र बनाउन अहिले ठूला उपकरण परिचालन गर्नुका साथै प्वाल फराकिलो बनाउने, आवश्यक स्थानमा ब्लास्टिङ गर्ने र सुरुङभित्र पहुँच विस्तार गर्ने कार्य एकसाथ अघि बढाइएको छ।

जोखिमपूर्ण भू–बनोट र कठिन कार्यस्थलका बाबजुद नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त उद्धार टोली निरन्तर खटिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।