logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

जिवनशैली

नेपाली सेनालाई बेलायतको ‘क्याम्ब्रियन पेट्रोल’ अभ्यासमा स्वर्ण पदक

बेलायतको वेल्समा आयोजित ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ।

फाइल तस्बिर

निशान परियार

नेपाल | २७ आश्विन २०८२, सोमबार

बेलायतको वेल्समा आयोजित ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल–२०२५’ मा नेपाली सेनाले स्वर्ण पदक जितेको छ। अक्टोबर ३ देखि १२ सम्म चलेको कार्यक्रममा ३३ देशका ११७ टोली सहभागी थिए। नेपाली सेनाले सबैभन्दा उच्च अंक प्राप्त गर्दै स्वर्ण जितेको हो। ६० किलोमिटर दूरी ४८ घण्टाभित्र पार गर्नुपर्ने यो अभ्यासमा सेनाले उत्कृष्ट प्रदर्शन गरेको हो। नेपाली सेना २०१४ देखि सहभागी हुँदै आएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।