logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

विविध

विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै

-

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | २१ माघ २०८१, सोमबार

आज माघ २१ गते देखि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा १ विरपुरविरपुरमा नवदिवसिय  अनुष्ठान तथा श्रीमद्भागवत ताण्डुलाञ्चल एवम् धनधान्याञ्चल ज्ञानयज्ञ सुरु हुदै छ । श्री शनिदेव मन्दिर एवम् ज्योतिष अनुसन्धान केन्द्र बुद्धभूमि १ विरपुरको आयोजनामा हुने ज्ञानयज्ञ नौ दिनसम्म चल्ने छ । 
आज माघ २१ गतेदेखी सुरुहुने ज्ञानयज्ञको  तयारीको काम सबै सकिएको आयोजकले जनाएको छ । 

 आज माघ २१ गते महासंकल्प पछि ९ दिनसम्मनै पण्डितले अनुष्ठानको कार्य गर्नेछन् । 
ज्ञानयज्ञ  आज बिहान ९ः४५ मा प्रारम्भ हुने छ भने १०ः ०५ मा झण्डा स्थापना गरिने छ । यसैगरी बिहान १०ः२४ मा सूर्य मन्दिर शिलन्यास गरिने कार्यक्रम रहेको छ ।
यसैगरी महासंकल्प तथा हवन कार्यक्रम १०ः ४० बाट सुरु हुनेछ । राति ८ बजेदेखि १० बजेसम्म भजनकृतन कार्यक्रम हुने आयोजकले जनाएको छ ।
यज्ञमा प्रत्येक दिन अन्तराष्ट्रिय कथा वाचक आचार्य श्री विष्णु प्रसाद ज्ञवालीज्यूको मुखारविन्दबाट श्रीमद्भागवत तथा कथा प्रवचन हुनेछ । ज्ञानयज्ञ माघ २९ गते समापन हुने यज्ञ  सम्पादन मुल समितिका संयोजक इश्वरी प्रसाद पौडेलको भनाई छ ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।