logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

विविध

कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

बुद्धभुमि-१ टिक्करमा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी एक दिवसीय जनचेतना तथा प्रशिक्षण कार्यक्रम श्री कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वनको सभाहल, टिक्कर मा सम्पन्न भएको छ।

फाइल तस्बिर

भक्तिराम घिमिरे

कपिलवस्तु | ९ चैत्र २०८१, आईतवार

बुद्धभुमि-१ टिक्करमा वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी एक दिवसीय जनचेतना तथा प्रशिक्षण कार्यक्रम श्री कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा वनको सभाहल, टिक्कर मा सम्पन्न भएको छ।No description available.

 उक्त कार्यक्रमका प्रमुख अतिथि सव डिभिजन वन कार्यालय गोरुसिङेका प्रमुख दयाराम पौडेल रहनुभएको थियो। उहाँले वन डढेलो नियन्त्रणका उपायहरूबारे प्रशिक्षण प्रदान गर्नुका साथै अग्नि नियन्त्रण उपकरणहरूको प्रयोग विधि समेत प्रदर्शन गर्नुभएको थियो।

No description available.

 कार्यक्रममा वन डढेलो नियन्त्रण सञ्जालका अध्यक्ष निल कुमार श्रेष्ठ विशेष अतिथिका रूपमा रहनुभएको थियो। उहाँले डढेलो रोकथामका लागि स्थानीय उपभोक्ताको भूमिका महत्वपूर्ण रहेको बताउँदै सचेतना र सामूहिक प्रयासको आवश्यकता औंल्याउनुभयो।No description available.

 साथै, कार्यक्रममा छिमेकी सामुदायिक वनका अध्यक्षहरूको समेत विशेष उपस्थिति रहेको थियो। उनीहरूले वन संरक्षण तथा डढेलो नियन्त्रणका लागि आपसी समन्वय र सहकार्यको आवश्यकता रहेको कुरा व्यक्त गरे।No description available.

 सामुदायिक वनका करिब १५० जना उपभोक्ताहरूको सहभागिता रहेको उक्त कार्यक्रम श्री कुन्द्रा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष प्रज्वल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।

 कार्यक्रमले वन संरक्षण, डढेलो नियन्त्रण तथा सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ। आयोजक संस्थाले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।No description available.

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।