मानवीय सेवामा बुद्धभूमि युथ सोसाइटी, रसुवाका बाढीपीडितका लागि २० लाखको राहत सामग्री
-
भक्तिराम घिमिरे
कपिलवस्तु | १८ भाद्र २०८३, बिहीबार
कपिलवस्तुको बुद्धभूमि नगरपालिका–२ मा सक्रिय बुद्धभूमि युथ सोसाइटीले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीपहिरोबाट प्रभावित तथा मृतकका परिवारका लागि करिब २० लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरी पठाएको छ।
बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले सोसाइटीले स्थानीय बजारमा टेन्ट राखेर राहत संकलन अभियान सञ्चालन गरेको थियो। अभियानमा स्थानीय बासिन्दाले खाद्य सामग्री, लत्ताकपडा तथा अन्य आवश्यक सामग्री उपलब्ध गराएर सहयोग गरेका थिए।
स्थानीयबाट संकलित खाद्य सामग्री, लत्ताकपडा लगायतका राहत सामग्री चार वटा पिकअप गाडीमा राखेर रसुवातर्फ पठाइएको हो। बुद्धभूमि युथ सोसाइटीका अनुसार राहत सामग्री बोकेका चारवटै गाडी विदुर नगरपालिका पुगिसकेका छन्।
राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याउन बुद्धभूमि युथ सोसाइटीका तर्फबाट सन्दीप खड्का, सुबिन श्रेष्ठ, सागर मल्ल, सौगात भुसाल, अमन थारु, विशाल घिमिरे र सन्दीप बुढाथोकी गरी सात जना सदस्य टोलीमा सहभागी छन्।
टोलीले सम्बन्धित स्थानीय निकाय तथा सरोकारवालासँग समन्वय गरी संकलित राहत सामग्री बाढीपहिरोबाट प्रभावित तथा पीडित परिवारसम्म पुर्याउने जनाएको छ।
बुद्धभूमि युथ सोसाइटीले विपद्को समयमा मानवीय सहयोग जुटाउनेदेखि विभिन्न सामाजिक तथा सेवामूलक गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। स्थानीयस्तरमा सामाजिक सेवाका क्षेत्रमा अग्रस्थानमा रहँदै आएको सोसाइटीले यसपटक पनि स्थानीय नागरिकको सहयोग र सहभागितामा ठूलो परिमाणमा राहत सामग्री संकलन गरेको हो।
राहत संकलन अभियानमा सहयोग गर्ने सम्पूर्ण स्थानीय बासिन्दा, सहयोगदाता, व्यवसायी तथा शुभेच्छुकप्रति बुद्धभूमि युथ सोसाइटीले धन्यवाद व्यक्त गरेको छ।
थप समाचार
२४ भाद्र २०८३, बुधबार
बाढीपछि काठमाडौं उपत्यकामा एलपी ग्यास अभाव, सरकार वैकल्पिक आ...
१८ भाद्र २०८३, बिहीबार
बाढीपीडितका लागि आदर्श इङ्लिस बोर्डिङ स्कुलद्वारा ४२ हजार ४७...
१६ भाद्र २०८३, मंगलवार
भोटेकोसी बाढीपहिरो पीडितका लागि होटल तथा रेस्टुरेन्ट व्यवसाय...
१५ भाद्र २०८३, सोमबार
रसुवाको बाढीपछि नदीमा बगेर आएका माछा तथा खाद्यपदार्थ नखान प्...
१५ भाद्र २०८३, सोमबार
भोटेकोशी बाढीको भयावह क्षति : ९०३ जनाको मृत्यु, ४ हजार २४७ अ...
१४ भाद्र २०८३, आईतवार
सप्तकोशी नदीमा जलसतह बढ्दो, कोशी ब्यारेजका २२ ढोका खोलिए
२५ भाद्र २०८३, बिहीबार
डोल्पा जिल्ला अस्पतालमा बिरामीको चाप बढ्दो, विशेषज्ञ चिकित्स...
२४ भाद्र २०८३, बुधबार
कर्णाली राजमार्गको दैलेख भल्लुखोलामा गएको पहिरो पन्छाएपछि सड...
२४ भाद्र २०८३, बुधबार
सिरहामा सशस्त्र प्रहरीले सीमा क्षेत्रबाट ठूलो परिमाणमा गाँजा...
२३ भाद्र २०८३, मंगलवार
जेनजी विद्रोहका दुई दिनमै सडक आन्दोलनले यसरी गर्यो सत्ता पर...
२३ भाद्र २०८३, मंगलवार
थेराङखोलामा दुई पुल बगेपछि मनास्लु–लार्के पदयात्रामा रोक