logo of PMS News Nepal

PMS News Nepal

५ बैशाख २०८३, शनिबार

18 Apr 2026, Saturday

विश्व

करेन्ट लाग्दा अर्घाखाँचीमा एक जनाको मृत्यु

बंदेललाई थापेको विद्युतिय पासोमा परेर बिमल महतको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

फाइल तस्बिर

भक्तिराम घिमिरे

अर्घाखाँची | ४ श्रावण २०८०, बिहीबार

जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ मथुरामा अस्थायीरूपमा बिगत २ महिना देखि बस्दै आएका गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वार्ड नम्बर ३ बस्ने २६ वर्षका बिमल महतको करेन्ट लागेर मृत्यु भएको छ।

हिजो राती करिब १०:४५ बजे अंरिगाल पोलेर फर्किने क्रममा छत्रदेब गाउँपालिका वार्ड नम्बर ३ मथुराका केशब खनालले बंदेललाई थापेको विद्युतिय पासोमा परेर बिमल महतको उपचारको क्रममा जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।