logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

जिवनशैली

काठमाडौँ महानगरले तिहारमा प्लास्टिकका फूल तथा सजावट सामग्री बिक्रीमा रोक लगायो।

तिहारलाई लक्षित गर्दै काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्रीमा पूर्ण रोक लगाएको छ। स्वदेशी फूल प्रयोगको अनुरोध गर्दै महानगरले अटेर गरी प्लास्टिकका सामग्री बेचेमा जफत गर्ने चेतावनी दिएको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १८ कार्तिक २०८३, मंगलवार

आउँदो तिहारमा काठमाडौँ महानगरपालिकाले प्लास्टिकजन्य फूल, माला र सजावट सामग्रीको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाएको छ। स्वदेशी प्राकृतिक फूललाई प्राथमिकता दिँदै महानगर प्रहरीले सूचना अवज्ञा गर्नेका सामग्री जफत गर्ने चेतावनी दिएको छ। यसैबीच, नेपाली किसानको उत्पादन प्रवर्द्धन गर्न सरोकारवालासँगको समन्वयमा बिक्री स्थलहरू पनि तोकिएका छन्। बानेश्वर, नयाँ बजार, चाबहिल, कमलादी, सुन्धारा, कलङ्की लगायतका क्षेत्रका मल, मार्ट र चौरहरूलाई बिक्रीका लागि तोकिएको छ। यसबारे थप सहजीकरण आवश्यक परेमा व्यवसायी तथा सर्वसाधारणले महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख छ। यो पहलले स्वदेशी फूल कृषक र व्यवसायीलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।