logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

राजनिति

संघीयताको नौ वर्षे अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ: मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संविधान संशोधन अघि नौ वर्षे संघीयताको समीक्षा आवश्यक रहेको बताएका छन्। रारामा आयोजित मुख्य न्यायाधिवक्ता सम्मेलनमा बोल्दै उनले उपलब्धि, समस्या र सुधारका विषयमा गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिए।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २० कार्तिक २०८३, बिहीबार

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संघीयताको नौ वर्षे अभ्यासको गम्भीर समीक्षा गरेर मात्र संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै उनले उपलब्धि, समस्या र भावी दिशाबारे स्पष्ट हुनुपर्ने जोड दिए।

मुख्यमन्त्री शाहीका अनुसार तीन तहका सरकारबीच संविधानले परिकल्पना गरेबमोजिम सहअस्तित्व, सहकार्य र समन्वय नभए जनतालाई प्रभावकारी सेवा दिन सकिँदैन। समृद्धिका लागि यो सम्बन्ध थप व्यवस्थित हुनुपर्छ।

यस्तै, राराको पर्यटकीय पूर्वाधार अभाव औँल्याउँदै उनले यो सम्मेलनले न्यायिक क्षेत्रको एकता, स्पष्ट नीति, साझा कार्ययोजना र निर्णयसहित प्रदेशको समग्र न्याय प्रणालीलाई सही दिशानिर्देश गर्ने विश्वास व्यक्त गरे।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।