logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

राजनिति

अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ।

अमेरिकी मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजामा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई धक्का लागेको छ । दुवै सदनमा डेमोक्र्याटले अग्रता लिएका छन् भने सिनेटको एक सिट रिपब्लिकनबाट खोसेका छन्।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १९ कार्तिक २०८३, बुधबार

१८ कात्तिक, काठमाडौं। अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजाअनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले संसदका दुवै सदनमा धक्का व्यहोरेको छ। प्राप्त जानकारीअनुसार डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा अग्रता हासिल गरेको छ।

विशेषगरी सिनेटको एक महत्त्वपूर्ण सिट रिपब्लिकनबाट डेमोक्र्याटले खोसेका छन्, जसमा नर्थ क्यारोलाइनाबाट रातिको पहिलो सिट आफ्नो पक्षमा पार्न सफल भएका हुन्। यस्तै जर्जियाबाट सिनेटर जोन ओसोफ पुनः निर्वाचित भएका छन्। सन् २०२६ को यो मध्यावधि निर्वाचनलाई ट्रम्प प्रशासनको कार्यसम्पादनप्रतिको जनमत परीक्षणका रूपमा हेरिएको छ। यसको अन्तिम नतिजाले आगामी दुई वर्ष ट्रम्पका नीतिहरू अघि बढाउन कति सहज हुनेछ भन्ने तय गर्नेछ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।