बुद्धभूमिमा एमालेलाई धक्का: नगर सचिव नारायण पन्थी रास्वपा प्रवेश
-
भक्तिराम घिमिरे
कपिलवस्तु | २ जेष्ठ २०८३, शनिबार
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेकपा (एमाले) का प्रभावशाली नेता एवं नगर सचिव नारायण प्रसाद पन्थी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ।
शनिबार बुद्धभूमि नगरपालिका वडा नं. ८ को वडा अधिवेशनका अवसरमा आयोजित एक कार्यक्रमका बीच पन्थी औपचारिक रूपमा रास्वपामा समाहित हुनुभएको हो। लामो समयदेखि एमालेको नगर सङ्गठनमा मुख्य जिम्मेवारी सम्हाल्दै आउनुभएका पन्थीको बहिर्गमनलाई स्थानीय राजनीतिमा एमालेका लागि ठूलो क्षतिका रूपमा हेरिएको छ।
रास्वपा बुद्धभूमि नगर सभापति कमल भट्टराईले पन्थीलाई पार्टीमा स्वागत गर्दै उहाँको अनुभव र सक्रियताले नगरमा रास्वपाको सङ्गठन विस्तारमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। "नारायण प्रसाद पन्थीजस्तो स्थापित र अनुभवी व्यक्तित्व हाम्रो पार्टीमा आउनुले बुद्धभूमिमा परिवर्तनको लहर सुरु भएको सङ्केत गर्छ," सभापति भट्टराईले भन्नुभयो।
पछिल्लो समय पुराना राजनीतिक दलहरूबाट युवा र बौद्धिक वर्ग रास्वपाप्रति आकर्षित हुने क्रम बढ्दो छ। पन्थीको प्रवेशसँगै बुद्धभूमिको राजनीतिक समीकरणमा समेत फेरबदल आउन सक्ने अनुमान गरिएको छ।
थप समाचार
८ असार २०८३, सोमबार
Sahara Security को विश्वसनीय सुरक्षा सेवा अब नेपालभर
१८ जेष्ठ २०८३, सोमबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मानबहादुर बम्जन पक्राउ...
१८ जेष्ठ २०८३, सोमबार
डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा कर्णाली करिडोरका पुल निर्माण प...
१७ जेष्ठ २०८३, आईतवार
सुनको मूल्य एकैदिन ह्वात्तै बढेर तोलामा नयाँ रेकर्ड कायम
११ जेष्ठ २०८३, सोमबार
कक्रोच जनता पार्टी’को उदय: भारतका युवाहरूले सर्वोच्च अदालतको...
३१ बैशाख २०८३, बिहीबार
बुद्धभुमिमा बजार अनुगमनमा कडाइ : दर्ता नभएका पसललाई १५ दिने...
१७ जेष्ठ २०८३, आईतवार
इरान प्रवेश गर्न खोजेको मालवाहक जहाजमाथि अमेरिकी सैन्य कारबा...
१५ माघ २०८२, बुधबार
कपिलवस्तु–२ मा कांग्रेसको क्षेत्रीय प्रचार–प्रसार समिति गठन
१४ माघ २०८२, मंगलवार
एमालेको टिकट नपाई स्वतन्त्र बनेर राम्रो मत ल्याएका बुद्धभूमि...
११ माघ २०८२, शनिबार
‘यो मेरो अन्तिम चुनाव हो’ — सुरेन्द्रराज आचार्यको घोषणा, कां...
७ माघ २०८२, मंगलवार
कपिलवस्तु–२ मा चार दिग्गजबीच रस्साकस्सी, कसको पकड बलियो ?
७ माघ २०८२, मंगलवार
ग्लोबल डेरी प्रा. लि.का संचालक जनक न्यौपाने राष्ट्रिय स्वतन्...