logo of PMS News Nepal

PMS News Nepal

८ कार्तिक २०८२, शुक्रबार

24 Oct 2025, Friday

विश्व

गाजामा इजरायली हवाई आक्रमण, ३२ को मृत्यु

इजरायलले गाजा सिटीमा तीव्र हवाई आक्रमण गर्दा कम्तीमा ३२ जनाको मृत्यु भएको छ, जसमा १२ बालबालिका रहेका छन्।

फाइल तस्बिर

निशान परियार

गाजा | २९ भाद्र २०८२, आईतवार

इजरायलले गाजा सिटीमा तीव्र हवाई आक्रमण गर्दा कम्तीमा ३२ जनाको मृत्यु भएको छ, जसमा १२ बालबालिका रहेका छन्। स्वास्थ्यकर्मीका अनुसार शेख रदवान क्षेत्रमा एकै परिवारका १० जनाको ज्यान गएको छ। इजरायलले गाजाबाट सर्वसाधारणलाई दक्षिणतर्फ जान आग्रह गर्दै उच्च भवनहरू नष्ट गरेको छ। संयुक्त राष्ट्रसंघले हालसम्म एक लाख मानिस मात्र विस्थापित भएको जनाएको छ। युद्ध सुरु भएदेखि ६४ हजारभन्दा बढी फलिस्तीनी मारिएका छन्।

 
 

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।