logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

राजनिति

मु.न.पा का मेयर खरेलले आफनै गाडीमा हालेको डिजेलमा पनि भ्रस्टाचार

मुसिकोट  नगरपालिकाको नगरप्रमुखले प्रयोग गर्ने सवारीमा एकै दिन ५४० लिटर डिजेल र पेट्रोल प्रयोग गरिएको बिल पेश गरेका छ्न । मेयर चढने डिजेल इन्जिन गाडीमा ७० लिटर पेट्रोल कहाँ प्रयोग भयो भन्दै आलोचना भैरहेको छ ।

फाइल तस्बिर

गोबिन्द के.सी.

गुल्मी जिल्ला, मुसिकोट नगरपालिका | ९ असार २०८२, सोमबार

गुल्मी जिल्ला, मुसिकोट  नगरपालिकाको नगरप्रमुखले प्रयोग गर्ने सवारी लु १ झ ४०१ नम्बरको सवारी साधनमा एकै दिन ५४० लिटर डिजेल \ पेट्रोल प्रयोग गरिएको छ ।
मिति : २०८१/०६/१० गते 
-डिजेल ५० लिटर
- पेट्रोल ७० लिटर  
-डिजेल १०० लिटर,
-डिजेल १०० लिटर, 
-डिजेल ७० लिटर, 
-डिजेल १५० लिटर प्रयोग गरिएको छ । यो नगरपालिकामा नगरप्रमुखले गरेको ब्रहमलुट हो । डिजेल लाग्ने सवारी साधनमा ७० लिटर पेट्रोल कसरी प्रयोग भयो ? सरकारी सम्पत्तिमा यसरी गैरकानुनी रुपमा रजाइँ गर्न पाइन्छ ? एकैदिन एउटै गाडिमा ५४० लिटर इन्धन कसरी लाग्छ ? भनेर मेयरको आलोचना भैरहेको छ ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।