logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

विविध

गुल्मी: कालीगण्डकी करिडोरको राक्सेमा गएराति सुक्खा पहिरो खसेर सडक अवरुद्ध।

गुल्मी: कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी-पूर्तिघाट सडक खण्डको राक्सेमा गएराति सुक्खा पहिरो खसेको छ। पहिरो खसेका कारण उक्त सडक खण्डमा सवारी आवगमन पूर्ण रूपमा अवरुद्ध बनेको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | २१ कार्तिक २०८३, शुक्रबार

गुल्मी: कालीगण्डकी करिडोर अन्तर्गत रुद्रवेणी-पूर्तिघाट सडक खण्डको कालीगण्डकी-२ राक्सेमा गएराति सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण उक्त क्षेत्र भएर गुड्ने सवारी साधनहरू र यात्रुहरू बीच बाटोमै रोकिएका छन्।

सडक डिभिजन कार्यालय पाल्पाका अनुसार अवरुद्ध सडक सञ्चालनमा ल्याउन ठूला उपकरण र डोजर प्रयोग गरेर पहिरो पन्छाउने काम निरन्तर भइरहेको छ। पहिरो ठूलो भएकाले पन्छाउन केही समय लाग्ने जनाइएको छ। सडक अवरुद्ध भएपछि गुल्मी, बागलुङ र पर्वतका विभिन्न बस्तीहरू जोड्ने यातायात सेवा प्रत्यक्ष प्रभावित भएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।