logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

विविध

सोलुखुम्बु हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि ललितपुरस्थित मेडिसिटी ल्याइयो।

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ। घाइतेलाई प्रभु हेलिकोप्टरमार्फत उद्धार गरी अस्पताल ल्याइएको हो।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १८ कार्तिक २०८३, मंगलवार

सोलुखुम्बुको फेरिचे हेलिप्याडमा मंगलबार बिहान भएको हेलिकप्टर दुर्घटनामा घाइते व्यक्तिलाई उद्धार गरी उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ। प्रभु हेलिकोप्टरमार्फत घाइतेलाई थप उपचारका लागि काठमाडौं उपत्यका ल्याइएको हो। फेरिचे हेलिप्याडमा फिस्टेल एयर र डायनेस्टी एयरका दुई हेलिकोप्टर अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परी एक जना विदेशी पर्यटकको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्। घाइतेको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।