जापान पठाइदिन्छु भन्दै ठग्ने एक जना पक्राउ
काठमाण्डाै – महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।
PMS NEWS NEPAL
काठमाण्डौ | १९ पुष २०८०, बिहीबार
काठमाण्डाै – महिनाको दुई लाख रुपैयाँ तलब पाउने गरी जापान पठाइदिन्छु भनेर साढे छ लाख रुपैयाँ ठग्ने एक जना पक्राउ परेका छन् ।
भक्तबहादुर राईसमेत दुई जनालाई वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भनेर ठगी गर्ने झापा घर भई अहिले काठमाण्डौको टोखा बस्ने गणेशकुमार कुलुङ राईलाई काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले माछापोखरीबाट पक्राउ गरेको हो ।
उनले जापानमा महिनाको दुई लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रतिव्यक्ति १५ लाख रुपैयाँ मागेका थिए । तर पीडितहरूबाट पटक पटक गरी छ लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी परेको थियो ।
थप समाचार
६ कार्तिक २०८२, बुधबार
कपिलवस्तुको गोरुसिङे चोकमा ट्राफिक लापरवाही: नागरिक ठगिँदै,...
१५ भाद्र २०८२, आईतवार
कपिलवस्तु फोटोग्राफर संघको अध्यक्षमा प्रकाश चौधरी
२१ बैशाख २०८२, आईतवार
बुद्धभूमि नगरपालिकामा नगर युवा परिषद्को सपथ ग्रहण सम्पन्न
९ चैत्र २०८१, आईतवार
कुन्द्रा सामुदायिक वनले गर्यो वन डढेलो नियन्त्रणसम्बन्धी जनच...
४ चैत्र २०८१, मंगलवार
वन डढेलो रोकथामका लागि पत्थरकोटमा १ दिवसीय जनचेतना कार्यक्रम...
२१ माघ २०८१, सोमबार
विरपुरमा आजदेखि नवग्रह ज्ञानयज्ञ सुरु हुँदै