भैरहवामा ५ करोड लगानीमा होटल प्रिमियर प्लेस संचालनमा
आन्तरिक तथा बाहृय पर्यटकहरुलाई लक्षित गर्दै रुपन्देहीको भैरहवामा सुविधा सम्पन्न ‘ होटल प्रीमियर प्यालेस सञ्चालनमा आएको छ । भैरहवाको मुटु बुद्धचोकबाट एक किलोमिटर पश्चिम् एयरपोर्ट रोडमा उक्त होटल सञ्चालनमा आएको छ ।
भक्तिराम घिमिरे
रुपन्देही | १८ असार २०८०, सोमबार
आन्तरिक तथा बाहृय पर्यटकहरुलाई लक्षित गर्दै रुपन्देहीको भैरहवामा सुविधा सम्पन्न ‘ होटल प्रीमियर प्यालेस सञ्चालनमा आएको छ । भैरहवाको मुटु बुद्धचोकबाट एक किलोमिटर पश्चिम् एयरपोर्ट रोडमा उक्त होटल सञ्चालनमा आएको छ ।
विगत ८ महिना देखि सञ्चालनमा आएको होटलमा करिव ५ करोड रुपैयाँ लगानी रहेको छ । होटलमा पर्यटकहरुलाई सम्पुर्ण सेवा सुविधाहरु उपलब्ध गराउने होटल सञ्चालक प्रकाश खनालले बताए ।
‘शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आउने पर्यटकको संख्या बढ्दै गइरहेका कारण सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएका हौं’ सञ्चालक खनलले भने- ‘यहाँ अन्तर्राष्ट्रिय स्तरको क्षेत्रिय विमानस्थल निर्माण संगै पर्यटकको आगमन झनै बढेकोछ ।’
ग्राहकहरुलाई उनीहरुले चाहे अनुरुपमा सुविधाहरु उपलब्ध गराउनु होटलको मुख्य उद्देश्य रहेको छ ।
होटल सञ्चालनसँगै यस क्षेत्रमा आउने पर्यटकहरुलाई थप सुविधा उपलब्ध भएको छ । सञ्चालक खनालका अनुसार होटल संचालनमा आएको पहिलो महिनामानै ३९० जना स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइएको छ ।
सुविधा सम्पन्न होटलहरुमा हुने सबै सुविधाहरु यसै होटलमा उपलब्ध हुने रिसोर्टका महाप्रबन्धक चन्द्रकला खनालले बताउनुभयो ।
होटलमा विवाह तथा विभिन्न कार्यक्रमको लागि सुविधा सम्पन्न एसि हल समेत रहेको खनालको भनाई छ ।
थप समाचार
२४ चैत्र २०८२, मंगलवार
होटल पौवाको ‘पौवा स्वाद उत्सव–२०८२’ आयोजना हुने
१३ मंसिर २०८२, शुक्रबार
कोलकत्ता–हल्दियामा लिजमा लिएको नेपालकै जमिन निष्क्रिय, मासिक...
१२ मंसिर २०८२, बिहीबार
चार महिनामा वीरगञ्ज नाकाबाट ३३.२१ अर्बको निर्यात
११ मंसिर २०८२, बुधबार
सुन–चाँदीको भाउ बढ्यो: सुन तोलामा ९ सय, चाँदी २० रुपैयाँले व...
१० मंसिर २०८२, मंगलवार
सुनचाँदीको भाउ बढ्दो: सुन २,४७ हजार, चाँदी ३,२०० प्रति तोला
१० मंसिर २०८२, मंगलवार
मुस्ताङमा आलु उत्पादन वृद्धि: यस वर्ष ६२८ मिलियन बराबरको उत्...