logo of PMS News Nepal

PMS News Nepal

९ कार्तिक २०८२, शनिबार

25 Oct 2025, Saturday

अर्थ / वाणिज्य

भैरहवामा ५ करोड लगानीमा होटल प्रिमियर प्लेस संचालनमा

आन्तरिक तथा बाहृय पर्यटकहरुलाई लक्षित गर्दै रुपन्देहीको भैरहवामा सुविधा सम्पन्न ‘ होटल प्रीमियर प्यालेस सञ्चालनमा आएको छ । भैरहवाको मुटु बुद्धचोकबाट एक किलोमिटर पश्चिम् एयरपोर्ट रोडमा उक्त होटल सञ्चालनमा आएको छ ।

फाइल तस्बिर

भक्तिराम घिमिरे

रुपन्देही | १८ असार २०८०, सोमबार

 आन्तरिक तथा बाहृय पर्यटकहरुलाई लक्षित गर्दै रुपन्देहीको भैरहवामा सुविधा सम्पन्न ‘ होटल प्रीमियर प्यालेस सञ्चालनमा आएको छ । भैरहवाको मुटु बुद्धचोकबाट एक किलोमिटर पश्चिम् एयरपोर्ट रोडमा उक्त होटल सञ्चालनमा आएको छ ।

विगत ८ महिना देखि सञ्चालनमा आएको होटलमा करिव ५ करोड रुपैयाँ लगानी रहेको छ । होटलमा पर्यटकहरुलाई सम्पुर्ण सेवा सुविधाहरु उपलब्ध गराउने होटल  सञ्चालक प्रकाश खनालले  बताए ।

‘शान्तिका दूत गौतम बुद्धको जन्मस्थल लुम्विनीमा आउने पर्यटकको संख्या बढ्दै गइरहेका कारण सुविधा सम्पन्न होटल  सञ्चालनमा ल्याएका हौं’ सञ्चालक खनलले भने- ‘यहाँ अन्तर्राष्ट्रिय स्तरको क्षेत्रिय विमानस्थल निर्माण संगै पर्यटकको आगमन झनै बढेकोछ ।’

ग्राहकहरुलाई उनीहरुले चाहे अनुरुपमा सुविधाहरु उपलब्ध गराउनु होटलको मुख्य उद्देश्य रहेको छ ।

होटल सञ्चालनसँगै यस क्षेत्रमा आउने पर्यटकहरुलाई थप सुविधा उपलब्ध भएको छ । सञ्चालक खनालका अनुसार होटल संचालनमा आएको पहिलो महिनामानै ३९० जना स्वदेशी तथा विदेशी पर्यटकलाई सेवा दिइएको छ ।

सुविधा सम्पन्न होटलहरुमा हुने सबै सुविधाहरु यसै होटलमा उपलब्ध हुने रिसोर्टका महाप्रबन्धक चन्द्रकला  खनालले बताउनुभयो ।

होटलमा विवाह तथा विभिन्न कार्यक्रमको लागि सुविधा सम्पन्न एसि हल समेत रहेको खनालको भनाई छ ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।