logo of PMS News Nepal

PMS News Nepal

२६ कार्तिक २०८३, बुधबार

11 Nov 2026, Wednesday

शिक्षा

अस्थायी शिक्षक–कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न युनियनको माग

अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सामुदायिक विद्यालयका सम्पूर्ण राहत, करार र बालविकास शिक्षकसहितका कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गराई पेसागत निरन्तरता सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

फाइल तस्बिर

सपना न्यौपाने

काठमाडौँ | १३ कार्तिक २०८३, बिहीबार

नेपाल अस्थायी शिक्षक तथा कर्मचारी युनियनले सामुदायिक विद्यालयमा कार्यरत राहत, करार, बालविकास र अस्थायी शिक्षक-कर्मचारीहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा तत्काल आबद्ध गराउन माग गरेको छ। काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युनियनका अध्यक्ष विष्णु खत्रीले श्रम कानुनअनुसार बिदा, उपचार, दुर्घटना बिमा र उपदान सुविधासहित समान कामको न्यायोचित व्यवहार हुनुपर्ने बताए।

त्यस्तै लामो समयदेखि सेवारत अस्थायी शिक्षकहरूको अनुभवलाई सम्मान गर्दै उमेर हद हटाई खुला प्रतिस्पर्धामा सहभागी हुने अवसर दिन कानुन संशोधनको माग गरिएको छ। स्थानीय तहलाई शिक्षाको अधिकार दिँदा शैक्षिक गुणस्तर खस्किएको दाबी गर्दै माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ।

थप समाचार

कुनै समाचार पाेष्ट खाेज्न तल समाचारकाे शिर्षक टाइप गर्नुहोस ।